विराटनगर : प्रदेश १ मा आज ४८६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, उदयपुरमा ६, सङ्खुवासभा र भोजपुरमा ४–४, तेह्रथुम, इलाम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७, बुढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरैचामा ४, जहदा र स्थानीय तह नखुलेका ३–३, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २–२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १–१, सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहबीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जूमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ७४, भद्रपुरमा १६, मेचीनगरमा ५, बिर्तामोडमा ४, कचनकवलमा ३, शिवसताक्षी , कमल, बाह्रदशी, अर्जुनधारा र झापा गाउँपालिकामा १–१ जनामा सङ्क्रमण देखिएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा ४, शहिदभूमी, महालक्ष्मी, चौबिसे र छथर जोरपाटीमा १–१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको खाँदबारीमा ३ र मादीमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका ३, तेह्रथुमको फेदापमा १, इलामको चुलाचुलीमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजार ३४१ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७५२ रहेको छ । प्रदेश १ बाट आज १ हजार ३१० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ४८ हजार ५५३ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसै गरी प्रदेश १ मा आज १ हजार ४१९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२६ महिला र २६० जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।