धरान : धरानमा रहेको दन्तकाली लायन्स क्लबको प्रायोजक क्लब लियो क्लब अफ दन्तकालीको अध्यक्षमा पोषण बाबु श्रेष्ठ चयन भएका छन् । वर्ष ०२१/२२ का लागि श्रेष्ठ चयन भएका हुन् ।

अध्यक्ष श्रेष्ठसँगै सचिवमा निर्जला राई, कोषाध्यक्षमा रेजिन निरौला, निर्देशकमा प्रेसिका निरौला चयन भएका छन् । निर्वाचितहरुको एक वर्षको कार्यकाल रहने छ ।

क्लबले धरानमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । यसले रक्तदान, विभिन्न क्षेत्रको सरसफाइ, कपडा बैङ्क, असहाय गरिबहरूको लागि थुप्रै कामहरू गर्दै आएको निर्वाचित अध्यक्ष श्रेष्ठ बताए।

उनी भन्छन् ‘मलाई विश्वास गरेर यो जिम्मेवारी दिएकोमा सम्पूर्ण लायन्स र लियो क्लबका सदस्यलाई धेरै धेरै धन्यवाद, मेरो कार्यकालमा मेरो जिम्मेवारी र कर्तव्य पूर्ण रूपमा निर्वाह गर्ने छु ।’

श्रेष्ठ ह्वाईट हाउस इन्टरनेश्नल इन्सिच्यूट अफ होटेल म्यानेजमेन्ट इटहरी शाखाका सञ्चालक समेत हुन ।
स्नातकोत्तर सम्म अध्ययन गरेका श्रेष्ठ नेपाल भरको होटेल म्यानेजमेन्ट भोकेस्नल इन्स्टिच्युट संस्थाको नौ जनाको कमिटीमा श्रेष्ठ पनि सदस्य छन् ।