धरान : उदयपुरको त्रियुगा नगरपालिका ७ पानीतारेमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ वर्षीय सरोज राई रहेका छन् ।
आज दिउसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै कानुनी प्रक्रियाको लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएको छ ।