धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ७ गते सम्म निषेधाज्ञा थप गरेको छ ।

आइतबार बसेको डिसिसिएमसि बैठकले असार १ गते देखि लागु हुने गरी असार ७ गते सोमबार मध्य राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार निषेधाज्ञा केही खुकुलो पारेर असार ७ गतेसम्म थपिएको बताउँदै तोकिएका पसलहरू स्वास्थ्य प्रोटोकल परा गरी व्यापार गर्न पाउने गरी निषेधाज्ञा केही खुकुलो पारिएको हो ।

निषेधाज्ञामा खाद्यान्न पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष समेत) बिहान ५ः०० बजे देखी दिनको ११ः०० बजे सम्म खुला गर्ने तर पसलमा भिडभाड हुन नदिने र पसल खोल्दा स्वास्थ्य मापदण्ड (मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने पूर्ण रूपले पालना गरेको हुनु पर्नेछ ।

दुधडेरी, तरकारी, फलफूल तथा माछा मासु पसल स्वास्थ्य मापदण्ड अपनाई बिहान ५ बजे देखि दिनको ११ बजे सम्म खोल्न पाइने छ ।

दूधडेरी तथा दुग्धजन्य पदार्थ, फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्बाध रूपले गर्न पाउने तर सब्जी मन्डी, गुद्री, हाट बजार लगायतका स्थानमा बिक्री वितरण गर्न पाइने छैन । पुस्तक तथा स्टेशनरी पसल स्वास्थ्य मापदण्ड अपनाई बिहान ५ बजे देखी दिनको ११ बजे सम्म खोल्न पाइने छ ।

विकास निर्माण कार्यमा सहजीकरण हुँदै आएकै छ । यसमा अझ सहजिकरणका लागि निर्माण सामाग्री ढुवानी गर्ने ट्रिपर, ट्रक र ट्याक्टर निर्वाधरुपले सञ्चालन गर्न दिने निर्णय भएको छ ।

CDO-Nirnaya