धरान : राष्ट्रिय तथा स्थानीय मुद्दालाई लिएर नागरिक दबाब सञ्जालले धरानमा मौन जुलुस निकालेको छ।

धरान उपमहानगरपालिकाको गेटबाट सुरु भएको मौन जुलुस भानुचोक सम्म पुगेको थियो । राष्ट्रिय र केही स्थानीय मुद्दाहरूलाई लिएर मौन जुलुस गरेको सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्माले जानकारी दिए।

जुलुसमा धरानका अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार, भवानी बराल सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरीधारी सापकोटा, मानव अधिकार प्रतिष्ठानका अध्यक्ष डा.कमल तिगेला, सामाजिक अभियान्तहरु, महिला सञ्जालकी नगर अध्यक्ष चेतना श्रेङ राजनीति दलका व्यक्तिहरू लगायत करिब ३० जनाको उपस्थित रहेको थियो ।

Nagarik-dabab-Samuha-4

धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्य गर, स्वास्थ्य शिक्षामा सिन्डिकेट बन्द गर, चुरे दोहन बन्द गर, बजेटको राष्ट्रघाती बुँदा नं. १९९ खारेज गर, गुण्डागर्दी बन्द गर, गुन्डाको सुरक्षा नगर, सबैलाई खोपको ग्यारेन्टी गर लगायतको प्लेकार्ड छातीमा टाँसेर उनीहरू सडकमा निस्किएका थिए ।

सञ्जालले पछिल्लो समय धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथितिको बारेमा केन्द्रित रहेर अघि बढिरहेको छ । प्रतिष्ठान सुधारको अभियानमा लागेर विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै आएको छ ।

Nagarik-dabab-Samuha-1

मौन जुलुसअघि नागरिक दबाब सञ्जालको बैठकमा ३ वटा विषयमा छलफल भएको थियो ।
‘वीपीका पदाधिकारीहरूसँग दोस्रो चरणको छलफल अघि बढाउन उपमहानगरपालिकाले संयोजनकारी भूमिका निर्वाह गर्ने र छलफल अघि बढाउने निर्णय भएको ’संयोजक शर्माले जानकारी दिए ।

‘प्रहरी चौकी आक्रमणको घटनाबारे गुन्डाहरूको संरक्षण कसैले पनि नगर्ने र दोषीमाथि कडा कारबाही गर्ने निर्णय भएको छ ।

यस्तै, सर्दुको घटनामा नगरपालिकाले जेठ मसान्तसम्म नियम अनुसार ठेक्का लगाएको, ठेकेदारको काम अवरोध गर्न जाने र धाक धम्की दिन जाने घटना भयो । उक्त दुःखद घटनामा घाइते भएकाहरूको स्वास्थ्य लाभ कामना गर्दै अब उप्रान्त त्यस्तो घटना हुन नदिने निर्णय समेत गरेको छ ।’

Nagarik-dabab-Samuha-2