धरान : सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।

आइतबार बेलुका ४ बजे इनरुवा नगरपालिका–७ का प्रदीप दनुवारको २ बर्षीया छोरी प्रशंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबेकी थिइन् । उपचारको लागी विराट मेडिकल कलेज टङ्की मोरङ पुर्याउदा मृत्यु भई सकेको थियो ।

त्यस्तै आईतबारनै अपराह्न साढे ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका–५ ठिकि टोलका भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।