धरान : झापा र इलाममा ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउसो ३ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको कमल गाउँपालिका–३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियालाई ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो ।

त्यस्तै आइतबार बेलुका ५ बजे इलामको प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले इलाम माई नगरपालिका–४ सङ्कर गाउँबाट ब्राउन सुगर ५ ग्राम सहित माई नगरपालिका–८ का २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, माई नगरपालिका–१ का २२ वर्षीय रुपेश कुमार खत्री र माई नगरपालिका–३ का २३ वर्षीय सुदिप कुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।