धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा धरान–१५ का कोरोना सङ्क्रमित वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणी पोखरेलका अनुसार धरान–१५ बस्ने ८४ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार बिहान साढे १० बजे मृत्यु भएको हो ।

उनमा जेठ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन नै कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी पहिले देखिनै दीर्घ रोगी रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।