धरान : कोभिड महामारीको दोस्रो लहरको कारण अत्यावश्यक सेवाहरू मात्र प्रवाह गरिरहेको धरान उपमहानगरपालिका र वडा कार्यालयहरूले आज देखि भने सम्पूर्ण सेवाहरू सुचारु गर्ने भएको छ ।

उपमहानगरपालिकाले हिजो एक सूचना जारी गर्दै असार १ गतेदेखि सरकारले तोकिएको स्वास्थ्य प्रोटोकलहरू पुरा गरेर सम्पूर्ण सेवाहरू सुचारु गर्ने जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञाको समय थप गरे पनि उपमहानगरपालिकाले भने असार १ गतेदेखि सम्पूर्ण सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाले कोरोनाको दोस्रो लहर सुरु भएपछि गत वैशाख २२ गतेदेखि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरू बन्द गरेको थियो ।

Ngarpalika-Suchana