धरान : कोरोना सङ्क्रमण बढे पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको निषेधाज्ञा आज देखि केही खुकुलो गर्दै असार ७ गते सम्म निषेधाज्ञा थप गरेको छ ।

निषेधाज्ञा खुकुलो पार्दै ७ दिन थप गरेको पहिलो दिन धरानमा बिहानै सर्वसाधारणको बाक्लो चहलपहल देखियो भने धरान ३ को चिनिया चोकमा भिडभाडका साथ तरकारी बजार लागेको थियो ।

Tarkari-Bazar-4

निकै लामो समय सम्म खुल्लारुपमा तरकारी बिक्री वितरण गर्न नपाएका तरकारी व्यावसायीहरुले सडकको दाया वाया किनारामा पसलनै थापेका थिए ।

यसरी तरकारी पसल तरकारी व्यवसायीले थापे पछि उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहेको थियो । भिड भाड हुन नदिने प्रशासनको निर्णयलाई तरकारी बजारले उल्लङ्घन गरेको देखियो । त्यहाँ प्रहरी प्रशासनको उपस्थिति भने देखिएन ।

सुनसरी प्रशासनले सुनसरीमा आजदेखि खाद्यान्न, तरकारी, दुधडेरी तथा माछा मासु पसलहरू खोल्ने समय परिवर्तन गरी निषेधाज्ञा जारी गरेको छ ।

Tarkari-Bazar-2

बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खाद्यान्न, तरकारी, दुधडेरी तथा माछा मासु पसलहरू खोल्न पाउने प्रशासनले जनाएको छ । ती पसलहरू खोल्दा पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने छ ।

यसै गरी, दुधडेरी तथा दुग्धजन्य पदार्थ, फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्वाधरुपले गर्न पाउने प्रशासनले जनाएको छ । तर, सब्जी मन्डी, गुद्री, हाट बजारलगायतका स्थानमा बिक्री वितरण पनि गर्न नपाउने भनिएको छ । पुस्तक तथा स्टेशनरी पसल पनि स्वास्थ्य मापदण्ड अपनाएर बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइनेछ ।

Tarkari-Bazar-5

तर धरानमा निषेधाज्ञाको खासै पालना भएको देखिँदैन । धरानको पुतली लाइन र मुख्य बजार क्षेत्रमै सिटी सफारी, ट्याम्पो निर्बाधरुपमा सञ्चालन भइरहेको देखिन्छ ।

Tarkari-Bazar-1