इटहरी : युएईबाट स्थापित ओरन्टो मल्टिट्रेडले सुन्दरहरैचा नगरपालिकाका ५० परिवारलाई राहत वितरण गरेको छ। लकडाउनले गरिब मजदुरलाई समस्या परेको भन्दै सोमबार १ र ११ नम्बर वडामा राहत वितरण गरिएको हो ।

संस्थाका सदस्य अनिल रायमाझीका अनुसार ५० परिवार लाई २५ केजी दाल, तेल, नुन र साबुन वितरण गरिएको हो ।

'एक गाउँ एक उत्पादन, एक घर एक रोजगार एक बस्ती एक बिक्री केन्द्र' मूल नाराका साथ युएईमा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यमा लगानी गर्ने गरेको उनले बताए ।

कोरोना महामारीले गरिब परिवारमा खानाकै लागी समस्या नहोस् भनेर सहयोग गरिएको संस्थाका सुन्दरहरैचा संयोजक काजीलाल भारतीले बताए ।आफूहरूले जनप्रतिनिधि र घरेलु तथा साना उद्योगको रोहवरमा राहत वितरण गरिएको उनले सुनाए ।

ओरन्टो मल्टिट्रेड प्रा.ली. २० हजार बढी सदस्य रहेकाले सामाजिक कार्यमा सहज भएको उनको भनाइ छ । राहत कार्यक्रममा ओरेन्टो मुल्टिट्रेडका युवराज पौडेल, प्रकाश श्रेष्ठ, दीप पोखरेल, सुरेश निरौला, कृष्ण दाहाल, अनिल रायमाझी, बबिन रायमाझी लगायतको उपस्थिति थियो ।