धरान : धरानमा आज गएको माघ १४ देखि फागुन ११ गते सम्म पहिलो मात्रा कोरोना विरुद्धको भारतीय खोप कोभिसिल्ड लगाएका ३ सय जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

कोरोना विरुद्धको पहिलो मात्रा लगाएको ४ हप्ता पछि दोस्रो मात्रा खोप लगाउनुपर्नेमा खोप आयत हुन नसक्दा सङ्घीय सरकारले स्टक गरेको २ लाख मात्राको खोप मध्ये स्वास्थ्य कार्यालय सुनसरी मार्फत धरान उपमहानगरपालिकालाई ३ सय डोज मात्र खोप उपलब्ध भएको थियो ।

यसले गर्दा ३ सय भन्दा बढीलाई खोप लगाउन नसकिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरानमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या थुप्रै भएकोले दोस्रो मात्राको खोप लगाउने म्याद गुज्रिदा पनि दोस्रो मात्राको खोप नपाउँदा पहिलो मात्रा लगाउनेहरूको भिड बढेको हो ।

बिहान १० बजे देखि सुरु भएको खोप कार्यक्रम साढे १ बजे नै खोप सकिएको थियो । खोप कम मात्रै उपलब्ध भएकोले केही व्यक्ति खोप नलगाई फर्किएका थिए ।

अब बाँकी दोस्रो मात्राको खोप कोभिसिल्ड नआउने भएपछि एक्स्ट्राजेनेकाको खोप लगाउने तयारी भइरहेको बताइएको छ । यो खोप लगाउने मिति चाडै सरकारले तोक्ने तयारी गरेको छ ।

Khop-1 6