विराटनगर : प्रदेश १ मा आज ३८५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, सङ्खुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, तेह्रथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ५४, भद्रपुरमा ३४, मेचीनगरमा १९, दमकमा १७, अर्जुनधारामा २२, शिवसताक्षीमा ९, कनकाईमा ८, बुद्धशान्तिमा ८, हाल्दिबारी र कमल गाउँपालिकामा ४–४, बाह्रदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल र गौरादहमा १–१, सुनसरीको धरानमा ३९, इटहरीमा ३१, रामधुनीमा ५, दुहबी र बराहक्षेत्रमा ३–३, बर्जूमा २, इनरुवा र भोक्राहानरसिंहमा १–१ र स्थानीय तह नखुलेका ६ , मोरङको विराटनगरमा ५८, सुन्दरहरैचामा ८, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रंगेली, कानेपोखरी, कटहरी, मिक्लाजुङ र बेलबारीमा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि सङ्खुवासभाको पाँचखपन र चैनपुरमा ३–३, खाँदबारीमा १, इलामको इलाम नगरपालिकामा २, चुलाचुली, माईजोगमाई, सूर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, ताप्लेजुङ, तेह्रथुम र खोटाङमा १–१, प्रदेश १ बाहिरका १५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५५७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् ।

हालसम्म संंक्रमणमुक्त हुनेको सङ्ख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ हजार ४४२ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ५५६ रहेको छ । प्रदेश १ मा आज १ हजार ४३१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १६५ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।