बराहक्षेत्र : वराहक्षेत्र वडा नं–३ का शारीरिक रूपमा अपाङ्ग भएका परिवार र वडा नं–७ का बुद्ध मानिस सहित परिवारका सबैलाई कोरोना आक्रमण भएको छ ।

दुवै परिवार होम आइसोलेसनमा बसेर कोरोना विरुद्ध लडिरहेका छन् । सामान्य स्वास्थ्य सजगता अपनाएर कोरोना विरुद्ध लडिरहेका उनीहरूलाई सोमवार बेलुकादेखि अक्सिजनको मात्रा कम भएर सास फेर्न नै समस्या हुन थाल्यो ।

न्यून आर्थिक आम्दानी तथा राज्यको निकायमा प्रत्यक्ष प्रभाव नभएका ती दुवै परिवारलाई मङ्गलवार दिउसोसम्म कतैबाट अक्सिजनको व्यवस्थापन हुन सकेन । सम्वन्धीत निकायमा खबर गर्दा आइसोलेसनमा लैजान सक्ने तर अक्सिजनको व्यवस्थापन गर्न नसक्ने भन्ने जवाफ पाए पछि दुवै परिवार निराश बनेका थिए ।

Barahachetra-Congress.2

गरिबिका कारण अस्पतालको पहुँच भन्दा टाढा भई अक्सिजनको आसमा घरमै बस्न बाध्य भएका ती दुई परिवारलाई नेपाली काँग्रेस वराहक्षेत्रका नेताहरूले मङ्गलवार बेलुका अक्सिजनको व्यवस्थापन गरी दिएका छन् । अक्सिजनसँगै काँग्रेसको टोलीले खाद्यान्नको समेत जोह गरिदिए पछि दुवै परिवारलाई राहत मिलेको छ ।

३१ दिनदेखि कोरोना नियन्त्रणमा लागि परेको काँग्रेसको टोलीले यश अगाडि पनि केही सङ्क्रमितलाई अक्सिजनको व्यवस्थापन मिलाएको अभियानकी सदस्य नेपाली काँग्रेस महा–समिति सदस्य अनु गुरुङले बताइन् । अक्सिजनसँगै काँग्रेस वराहक्षेत्रका नेताहरू औषधी समेत बोकेर कोरोना भाइरस सङ्क्रमितको घर–घर पुग्न थालेका छन् ।

सुरक्षा सतर्कता सहित सङ्क्रमितका घर–घरमा पुगेर सेनिटाइज , पौष्टिक तत्त्व प्रदान गर्दै आएको नेपाली काँग्रेसको टोली सङ्क्रमितको घरमा पुगेर पारासिटामोल र भिटामिन सी सहित आवश्यक परे अक्सिजनको समेत व्यवस्थापन गर्न थालेको अभियानका संयोजक नेपाली काँग्रेसका क्षेत्र नं–४ का सचिव रमेश कार्कीले बताए ।

राज्यको साधन, स्रोत भएको निकायहरू आक्रमण नियन्त्रण गर्ने अभियानमा पर्याप्त काम गर्न नसकेको जनगुनासो भइराख्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस वराहहक्षेत्रका नेताहरू भने समिति नै स्थापना गरेर अभियानमा सक्रिय पूर्वक लागि परेका छन् ।

वराहक्षेत्र काँग्रेसको कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले ३१ दिन देखि जारी अभियान अन्तरगत सङ्क्रमितको घर घर पुगेर भावनात्मक निकटता बढाउने काम गर्दै आएको अभियानले वराहक्षेत्र नगरपालिकाका वडा नं–१ देखि–११ वडामा रहेका सङ्क्रमितको घरहरू सेनिटाइज गर्ने, सङ्क्रमितलाई पौष्टिक तत्त्व, स्वास्थ्य सामाग्री , हौसला बढाउने काम गरिरहेको छ । साथै नगरको सार्वजनिक स्थल, प्रहरी कार्यालय, स्वास्थ्य संस्थामा सेनिटाइज गरिएको छ ।

Barahachetra-Congress.1