धरान : धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले खरिद सम्बन्धीका केही थप कागज पत्र  माग गरेको छ । 

आयोग इटहरीका प्रमुख नारायण प्रसाद रिसालका अनुसार  प्रतिष्ठानको उजुरीबारे अनुसन्धान प्रक्रियामा भएको बताउँदै अनुसन्धान गर्ने क्रममा आवश्यक खरिद सम्बन्धीका  आवश्यक सबै कागजपत्र  मागेको जानकारी दिए । 

उनले भने कार्यालयबाट हामीले  अनुसन्धान गर्ने टोली खटाएका छौ । तर, हामीले अनुसन्धान गर्ने टोली कसको संयोजकमा  खटाएको भन्ने कुरा  अनुसन्धान प्रभावकारी होस् भनेर  गोप्य  राख्छौ । 

स्रोतका अनुसार खरिद सम्बन्धीका जफत  भएका सबै कागजपत्र सबै हेरेर कति कागजपत्र जफत गरिए कुन कागजपत्रमा अनियमितता भयो भन्ने कुरालाई आधार मानेर प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी सँग राय प्रतिक्रियाको पत्र काट्ने तयारी गरेको जानकारी दिएको छ  ।  

आइतबार उजुरी आयोगको इटहरीस्थित कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वको टोलीले प्रतिष्ठानका विभिन्न विभागका  छापा मारी पदाधिकारीहरूसँग सोधपुछ  समेत गरेको थियो ।


बीपीका चिकित्सक र विद्यार्थीद्वारा विरोध र्‍याली
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत फ्याकल्टी, जेआर तथा विद्यार्थीहरूले आज विरोध र्‍याली निकालेका छन् । 

Reyali

प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउँदा फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेललाई स्पष्टीकरण सोधिए पछि हिजो देखि चिकित्सक तथा विद्यार्थीहरू आन्दोलित भएका छन् । हिजो विरोध सभा गरेका उनीहरूले आज भने धरानमा पानी पर्दा पनि छाता ओढेरै  विरोध र्‍याली निकालेका थिए । 

उपकुलपति कार्यालयअघि भेला भएका चिकित्सक तथा विद्यार्थीहरूले प्रतिष्ठानको मेन गेट, बुद्धचोक, शिवमार्ग हुँदै डेन्टल कलेज पुगेर पुनः उपकुलपति कार्यालय अघि पुगेका थिए । मौसम अनुकूल भएमा भोलि भानुचोकसम्म र्‍याली निकाल्ने संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

आन्दोलनरत चिकित्सकहरूले डा.पोख्रेललाई सोधेको स्पष्टीकरण फिर्ता लिन र सार्वजनिक माफी माग्न उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई दिएको २४ घण्टे अल्टिमेटम सकिसकेको छ । अझै पनि माग पुरा नभए आन्दोलनको घेरा बढ्दै जाने र भविष्यमा कामबाट वञ्चित हुनुपर्ने स्थिति पनि आउन सक्ने उनीहरूले बताएका छन् ।