धरान : धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीका कुरुवाहरूका लागि पक्की शौचालय सञ्चालनमा आएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणी पोखरेलका अनुसार मारवाडी समाज धरानले ३ कोठे मार्बलयुक्त शौचालय निः शुल्क निमार्ण गरी दिएको हो । शौचालय हिजो बेलुका देखि सञ्चालनमा आएको हो ।

कपुरी न्युजले देशकै प्रतिष्ठीत अस्पतालमा रहेको कोभिड अस्पतालमा विरामी कुरुवाहरुलाई शौचालय नहुदा झाडीमा दिशा पिसाव गर्न बाध्य भन्ने समाचार आएको थियो । शौचालयको नभएको कुरा सुनेर आफू त्यस विषयमा गम्भीर भएर अस्पताल टिमसँग कुरा राख्दा मारवाडी समाजले कोभिड–१९ अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीका कुरुवाहरू सेवा गर्ने उद्देश्यले शौचालय निमार्ण गरी दिएका हुन् ।

शौचालय मात्र निमार्ण तर, शौचालयमा आवश्यक पर्ने सामानहरू अभाव भएपछि कुरुवाहरू सँग ५० रुपैयाँको दरले पैसा उठाएर डिटोल, सरफ,बाल्टिन, मग, ब्रस र साबुन लगायतका सामान खरिद गरेको रोशन लिम्बुले जानकारी दिए । उनले भने वरिपरि धेरै फोहोर छ फोहोर व्यवस्थापन गरी दिए वा एउटा ठुलो डसबिन प्रतिष्ठानले राखिदिए हुन्थ्यो ।

कोभिड अस्पतालमा व्यवस्थापन फितलो भए पछि शौचालयको अभावमा ४० देखी ५० जना बिरामीका कुरुवाहरूले झाडीमा नै दिसा पिसाब गर्नुपर्ने अवस्था थियो । अव त्यस्तो झाडीमा शौच गर्न जानुपर्ने अवस्था अन्त्य भएको सविता राई बताउँछिन् । उनी भन्छिन् अहिले लुगा धुन नुहाउन सबै कुरामा सहज भएको छ ।

कोभिड–१९ अस्पतालमा स्थापना पहिलो चरणको कोरोना भाइरस सुरु हुँदा नै भएको हो । यहाँ पक्की शौचालय, हात धुने पानी र हात धुने साबुन नै थिएन । कोभिड अस्पतालको बाहिर कुरुवाहरू पाल टाँगेर बसेका छन् । जताततै फालिएका फोहोर मैला देखिन्छ बेलुका मात्र हैन बिहान समेत उठाएको हुँदैन ।

सन् २०१७ मा सुनसरी ‘खुल्ला दिसामुक्त’ क्षेत्र घोषणा भएको हो । ‘खुल्ला दिसामुक्त’ घोषणा भएको मध्ये नेपाल पनि एसियाको २ नं मा पर्छ । अस्पतालको आधारभूत आवश्यकतामा नै शौचालय अनिवार्य हुन्छ । तर, प्रतिष्ठानमा शौचालय नभए पछि आलोचनाको विषय समेत बनेको थियो ।