धरान : अविरल वर्षाको कारण सप्तकोसी नदीमा बुधवार राति यो वर्षकै उच्च पानीको बहाव मापन गरिएको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार बुधवार राति ८ बजे मापन गरिए अनुसार  ९४ हजार १ सय २५ क्युसेक पानीको बहाव रहेको छ । यो नै यो वर्षको पानीको बहाव उच्च मापन गरिएको कन्ट्रोल रुमले जनाएको छ ।

पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेकोले अझ पानीको बहाव बढ्न सक्ने बताइएको छ । पानीको बहाव बढे पछि बुधवार राति कोसी ब्यारेजको ५६ ढोका मध्ये १६ वटा ढोका खोलिएको ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।