धरान : पहाडी क्षेत्रमा अविरल वर्षाको भइरहेको कारण सप्तकोसी नदीमा पानीको बहाव बढदोक्रममा छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार अहिले बिहान ८ बजे गरिएको मापन अनुसार १ लाख १४ हजार ७ सय ४५ क्युसेक पानीको बहाव रहेको छ ।

गए राति पानीको बहाव बढेको भन्दै २० वटा ढोका खोलिएको थियो भने अहिले भने १९ ढोका खोलिएको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेकोले अझ पानीको बहाव बढ्न सक्ने बताइएको छ ।