चतरा : नेपाली काँग्रेसका नेता इस्राइल मन्सुरीको पहलमा बराहक्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुर ३४ परिवारले जमिनबाट खानेपानी निकाल्न प्रयोग हुने ट्युवेल अर्थात् चापाकल पाएका छन्।

वडामा रहेका न्यून आए भएका विपन्न, दलित, लक्षित वर्गका परिवारलाई निःशुल्क रूपमा ट्युवेलसंगै पानी झिक्न आवश्यक पर्ने सामाग्री पाएका हुन्।

करिब ७ हजार बजार मूल्य पर्ने ट्युवेल तथा आवश्यक सामाग्री अलखेल सोसाइटी नेपालले उपलब्ध गराएको हो । नेपाली काँग्रेसका नेता नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का सभापति डाक्टर इस्राइल मन्सुरीको पहलमा ट्युवेल वितरण गरिएको हो।

नगरपालिकामा करिब १ सय परिवारलाई ट्युवेल वितरण गर्ने लक्ष्य लिएको अलखेल सोसाइटी नेपालको बुधवारबाट सुरु वितरण कार्य केही दिन निरन्तर चल्ने छ ।