धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारको क्रममा धरान-११ की एक महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान-११ की ४७ वर्षीय महिलाको उपचारको क्रममा गए राति ९ः१५ बजे मृत्यु भएको हो ।

उनलाई जेठ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने १५ गते कोभिड अस्पताल भर्ना भएका थिए । पहिला देखिनै उनमा दीर्घ रोग रहेको प्रतिष्ठानले जनाएको छ ।