धरान : सङ्खुवासभाको चिचिला गाउँपालिका–३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना पखुवामा पाथीभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टरिफर्मा सवार धनकुटाका २२ वर्षीय दीपेश भट्टराई रहेका छन् भने घाइते ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्डेबेसीका २० वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

बुधवार बेलुका ९ बजे ट्रिफरबाट ढुङ्गा अन लोड गर्ने क्रममा पछाडि सार्दा ट्रिफर अनियन्त्रित भई भिरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो ।

घटनाको जानकारी पाए लगतै अस्थायी प्रहरी बेस पखुवा दोभानबाट प्रहरी टोली खटि गई घाइतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी पठाएको थियो ।