धरान : झापा मेचीनगर नगरपालिका–६ शान्तिनगर टोलबाट आज दिउसो सवा १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय पवन राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको हो ।

पक्राउ परेका राई माथि इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाबाट थप अनुसन्धान भइरहेको छ ।