धरान : धरानमा कोरोना सङ्क्रमणको दोस्रो लहरमा कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या अहिले सम्म ५७ पुगेको छ ।

धरानमा पछिल्लो कोरोना सङ्क्रमित धरान-१६ का ८० वर्षीय वृद्धको बीपीको कोभिड अस्पतालमा उपचारको क्रममा हिजो साँझ ६ बजे मृत्यु भएसँगै कोरोना सङ्क्रमणको दोस्रो लहर वैशाख यता मात्रै मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।

अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ हजार १ सय ७२ पुगेको छ भने धरानमा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ६१ पुगेको छ ।