धरान : मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा जङ्गली हात्तीको अगाडी गएर सेल्फी खिच्ने क्रममा जङ्गली हात्तीले आक्रमण गरी मृत्यु भएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार सुनबर्षी नगरपालिका–८ का २१ वर्षीय मनोहर मियाको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

आज बिहान सवा ७ बजे भारतबाट नेपाल प्रवेश गरेको १ वटा जङ्गली हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए ।

घाइते मियाको बिहान सवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । हात्ती अहिले रतुवामाई तर्फ गएको प्रहरीले जनाएको छ ।