धरान : ओखलढुङ्गा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । 

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ रुम्जाटार का  ६७ वर्षीय वीर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अवस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली खटि थप अनुसन्धान भइरहेको छ । 

त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका–३ का ३९ वर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडी मृत्यु भएको छ । 

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।