विराटनगर : प्रदेश १ मा आज १ हजार ७४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सबैभन्दा बढी ६८३ जना सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, तेह्रथुम र भोजपुरमा ५–५, सङ्खुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४–४, केराबारी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१, सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहबी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जूमा २, हरिनगर र भोक्राहामा १–१, झापाको बिर्तामोड र मेचीनगरमा १६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हाल्दिबारी र बुद्धशान्तिमा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको इलाम नगरपालिका र सूर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीय तह नखुलेका ४, तेह्रथुमको म्याङ्लुङमा ३ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, सङ्खुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौबिसेमा १–१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ५९९ पुगेको छ । सक्रिय सङ्क्रमितका सङ्ख्या १२ हजार ४०२ रहेको छ ।

प्रदेश १ मा आज १ हजार १७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।