धरान : सप्तकोसी नदीको बहाव घटबढ हुँदै आएको छ । 

हिजो साँझको तुलनामा आज बिहान पानीको बहाव बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । आज बिहान ८ बजे मापन गरिए अनुसार अहिले १ लाख ९ हजार २ सय ५० क्युसेक पानीको बहाव रहेको छ । आज ५६ ढोका मध्ये १९ ढोका खोलिएको छ ।

हिजो बिहान ८ बजेको मापनमा ९८ हजार ५ सय ६५ क्युसेक पानीको बहाव थियो भने १६ वटा ढोका खुल्ला गरिएको थियो । सप्तकोसी नदीमा बिहीबार बिहान ८ बजेको मापनमा १ लाख १४ हजार ७ सय ४५ क्युसेक पानीको बहाव मापन भएको थियो ।

पहाडी क्षेत्रमा पानी परिरहेकोले सप्तकोसी नदीको बहाव घटबढ भइरहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति:२०७८-०३-०५ बिहान :००बजे)

मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु-भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ५ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार  गते (आईतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका  केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरुमा धेरै भारी वर्षा को सम्भावना छ ।

२०७८ असार ७ गते (सोमबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।