धरान : स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा धरान-१६ मा रहेको मेयर पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल स्काउट प्रदेश नं १ ले आयोजनामा र नेपाल स्काउट धरानको समन्वयमा धरान-१६ मा रहेको मेयर पार्कमा बाह्रै महिना हरियाली रहने रुख तथा फूलहरू रोपिएको नेपाल स्काउट प्रदेश १ का तदर्थ समितिका सदस्य हेमन्त भण्डारीले जानकारी दिए।

मानिसलाई श्वास फेर्न प्रतिदिन १७.५ के.जी. अक्सिजनको आवश्यकता पर्छ जुन ७ वटा रुखहरूले प्रति रुख २.५ के.जी. अक्सिजन दिएर पूर्ति गरी दिन्छन् । रुखहरूले वर्षाको पानीलाई आफ्नो हाँगा, काण्ड हुँदै जमिन मुनी पानीको भण्डारण गरी मूलको रूपमा पानी बाहिर आउन सहयोग गर्दछन् । फूलहरूले पार्कहरूलाई सुन्दर र सुगन्धमय बनाउने कार्य गर्दछ, त्यसैले धरानका अन्य ठाउँहरूमा पनि बोटबिरुवा रोप्ने योजना स्काटरको रहेको स्काउट भण्डारी बताउँछन्।

स्काउट धरानका संयोजक अनुप तामाङ, उपमहानगरपालिका उपप्रमुख एवम् प्रमुख स्काउट मञ्जु भण्डारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओली, १६ नं वडाका वडाध्यक्ष दिलकुमार गिरी, पत्रकार सन्तोष काफ्ले, प्रदेश सदस्य भण्डारी, नारद राई, शिक्षासेवी हरिहर कोइराला, नगर सदस्यहरू सुशील राई, पुष्पा राई, अमित अग्रहरी, ओमकृष्ण उदास बराहक्षेत्रका नगर तदर्थ सदस्य दिपेश अधिकारी, स्काउटर, रोभर/रेन्जर लगायतको उपस्थितिमा विभिन्न ५० किसिमका बोटबिरुवा रोपिएको हो।

प्राकृतिक प्रकोप न्यूनीकरण तथा वृक्षारोपण कार्यले जमिनको माटो अँठ्याई राख्ने र परेको पानीको गतिलाई कम गरी पानी जमिन मुनी जान सहयोग गरेर भूक्षय कम गर्नुका साथै रुखहरू भएको स्थानमा चिस्यान कायम हुन गई खडेरी कम गर्न समेत सहयोग गर्छ भन्ने उद्देश्यले नेपाल स्काउटले आज प्रदेश नं १ भरिका पालिकाहरूमा स्काउटले यस्ता कार्यक्रयहरु सञ्चालन गरेको छ ।