धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज दुई जना धरानका कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलले दिएको जानकारी अनुसार धरान– १० का ९९ वर्षीय वृद्ध पुरुषको आज बिहान ६ः२० बजे र धरान–११ का ६६ वर्षीय पुरुषको आज बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणको दोस्रो लहरबाट ५९ पुगेको छ ।