विराटनगर : प्रदेश १ मा आज २७४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, बिर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई, अर्जुनधारा, बाह्रदशी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४२, इटहरीमा २८, राम धुनीमा ५, इनरुवामा २ र स्थानीय तह नखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ४६० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५४ हजार ५७४ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६७ हजार ८७३ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २०६ रहेको छ । प्रदेश १ मा आज ९६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।