विराटनगर :  प्रदेश १ मा आज २५५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, सङ्खुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, तेह्रथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा ७, रतुवामाईमा ४, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा र लेटाङमा २–२ , रंगेली, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा १७, दमकमा १४, मेचीनगर र अर्जुनधारामा ८–८, शिवसताक्षीमा ७, गौरीगञ्जमा ४, गौरादहमा ३, हाल्दिबारी, कनकाई र भद्रपुरमा २–२, कचनकवल, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी र दुहबीमा ३–३, गढी र बराहक्षेत्रमा १–१, सङ्खुवासभाको चैनपुरमा १२ र खाँदबारीमा १, इलामको मांसेबुङमा ६, चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा २–२ र स्थानीय तह नखुलेका १, तेह्रथुमको म्याङ्लुङमा ४, खोटाङको रुपाकोट मझुवागढी र दिप्रुङ चुईचुम्मामा १–१, पाँचथरको फिदिम र धनकुटाको धनकुटा नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६८ हजार १२८ पुगेको छ । सङ्क्रमित भएका मध्ये हालसम्म ५५ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार २३२ रहेको छ ।

प्रदेश १ मा आज १ हजार ४२९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२६ महिला र १२९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५४ हजार ५७४ पुगेको छ ।