धरान: आइतबार साँझ मोरङको सुन्दरहरैचा बिराटचोकमा भएको सडक दुर्घटनामा नेपाली काँग्रेस धनकुटाका सचिव सहित दुई जनाको घटनास्थलबाट अस्पताल लैजाने क्रममा मृत्यु भएको भएको प्रहरीले जानकारी दिएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिराटचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सोही क्रममा पूर्वतर्फ जाँदै गरेको नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण बहादुर थापा सवार को २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका डिएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए।

गम्भीर घाइते भएका मोटरसाइकल चालक इटहरीका दिपु शाहको पनि मृत्यु भएको हो। कुमार थापा सवार मोटरसाइकलका अर्का व्यक्ति धनकुटाका भीम बहादुर थापा पनि गम्भीर घाइते भएका छन् उनको विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।