धरान : कोरोना सङ्क्रमण अझै कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १४ गते सम्म एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन्। यस भन्दा अघि केही खुकुलो पारिएको निषेधाज्ञा अव भने विहान ५ बजे देखि दिउसो १२ बजे सम्म स्वास्थ्य मापदण्डको पालना गरी सबै प्रकारका पसल खोल्न पाउने निर्णय भएको छ ।

होटलहरुले सेवाग्राही राखेर सेवा प्रवाह गर्न नपाउने टेकअवे सेवा मात्र प्रवाह गर्न पाउने निर्णय भएको छ । यातायात र हाट बजारको बारेमा यस भन्दा अघि जे निर्णय भएको थियो त्यही कायम रहेको बताइएको छ । बैकहरूले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न पाउने र सरकारी कार्यालयहरू भने बन्द रहने बताइएको छ ।

कोरोना सङ्क्रमण दर सुनसरीमा कमी आए पनि जोखिम उत्तिकै रहेकोले झापा र मोरङ जिल्लासँग समन्वय गरेर यातायातको बारेमा निर्णय गर्नेकी भन्ने थियो तर निजी तथा सार्वजनिक यातायात बन्द नै रहने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए ।

भरै राति १२ बजे देखि असार १४ गते राति १२ बजे सम्म लागु हुने यो निर्णयको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।

DCCMC-Nirnaya