धरान : पाँचथर याङवरक गाउँपालिका–२ मा पहिरो सँगै झरेको ढुङ्गाले लागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा याङवरक गाउँपालिका–२ लेखेवा का ५८ वर्षीय टेकनाथ धौराली रहेका छन् । उनको टाउको , शरीरमा ढुङ्गाले लागी घट्नास्थलमानै मृत्यु भएको हो भने सोही स्थानका ५२ वर्षीय खड्क बहादुर राई सामान्य घाइते भएका छन् ।

आज बिहान सवा ७ बजे उनीहरूलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथिबाट पहिरो सँगै आएको ढुङ्गाले लागेको थियो ।

घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैँचा र सीमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटि गई घाइतेलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ ।