विराटनगर : प्रदेश १ मा आज ३६२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, सङ्खुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा २३, बिर्तामोड र भद्रपुरमा १९–१९, दमकमा १६, शिवसताक्षीमा १०, कनकाई र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ८, बाह्रदशीमा २, हाल्दिबारी, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४७, इटहरीमा २६, दुहबी र बराहक्षेत्रमा ५–५, रामधुनीमा ३, इनरुवामा २, कोशी गाउँपालिका, बर्जू, देवानगञ्ज गढी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४६, बेलबारीमा १५, पथरीशनिश्चरेमा ११, बुढीगंगा, उर्लाबारी र रतुवामाईमा ४–४, सुन्दरहरैचामा ३, सुनबर्षी, रंगेली, ग्रामथान, जहदा र कटहरीमा १–१ जनामा संक्रण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा १४, सङ्खुवासभाको खाँदबारीमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, रोङमा २ र सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साघुरीगढीमा २ र महालक्ष्मीमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका २–२, षडानन्दमा १, उदयपुरको बेलका, कटारी, त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको सिदिङ्वा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६५७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६८ हजार ४८९ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ८६५ रहेको छ ।

प्रदेश १ मा आज १ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६७ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।