झापा : झापाको अर्जुनधारामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

प्रहरीले दिएको जानकारी अनुसार अर्जुनधारा नगरपालिका-११ बस्ने ४० वर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो।

आइतबार बेलुका पौने ६ बजे उनी घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय अनारमनी र १ नम्बर प्रदेश विपथ व्यवस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा आज बिहान १० बजे माइकल सोरेनको मृत लास फेला पारेको हो।

लासलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ।