धरान : उदयपुरमा ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका–१ टाट्नेमा ट्याक्टरबाट लडेर सहचालक रौतामाई–७ का ३२ वर्षीय तुल बहादुर केप्छाकी मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार दिउसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स १ त ६८५८नम्बरको ट्र्याक्टरबाट अचानक लडेर गम्भिर घाइते भएका उनको बेलुका पौने ५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालक रौतामाई ७ का २५ वर्षीय चेतु दमाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।