धरान : मोरङको रंगेलीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

रंगेली नगरपालिका-७ रंगेली बजारमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा प्र १-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई-६ सौँठा का ४२ वर्षीय तिलक राज खड्का रहेका छन्।

आज बिहान सवा ९ बजे सोही दिशा तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो।

ट्रिफर र चालक धनपालथान ६ का ३९ वर्षीय विद्या सागर राय इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ।