धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान-१७ का एक जना बृद्ध पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोखरेलले दिएको जानकारी अनुसार गए राति राढे १२ बजे धरान–१७ का ७६ वर्षीय बृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यो सँगै धरानमा दोस्रो लहरको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरानमा अहिले सम्म दोस्रो लहरको कोरोना सङ्क्रमणबाट संक्रमित बन्न पुगेकाको कुल सङ्ख्या २ हजार ५ सय ४३ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ४८ रहेको छ ।

जस मध्ये धरानमा अहिले सम्म २ हजार १ सय ४१ जनाले कोरोना जितेका छन् भने हस्पिटलमा १५ जना भर्ना भएका छन् । हरियाली आइसोलेसनमा ११ जना र होम आइसोलेसनमा ३ सय २२ जना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।