विराटनगर: प्रदेश १ मा आज ६२६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ३०४ महिला र ३२२ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५७ हजार १४५ पुगेको छ ।

प्रदेश १ मा आज ३०८ जना कोरोना सङ्क्रमित थपिएका छन् । झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेह्रथुम र पाँचथर, ताप्लेजुङ, सङ्खुवासभामा २-२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ३५, भद्रपुरमा २२, मेचीनगरमा १७, अर्जुनधारामा ११, कनकाइमा १०, शिवसताक्षी र दमकमा ८-८, झापा गाउँपालिका, बुद्धशान्ति र स्थानीय तह नखुलेका ३-३, हल्दिबारीमा २, बाह्रदशी र गौरादहमा १-१, सुनसरीको धरानमा ७०, इटहरीमा १४, दुहबीमा ४, कोसी हरिनगर, बर्जू, गढी, रामधुनी र बराहक्षेत्रमा १-१, मोरङको विराटनगरमा ३३, बुढीगंगामा ५, बेलबारी, जहदा र सुन्दरहरैचामा ३-३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा २-२, केराबारी, सुनबर्षी र रंगेलीमा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा ३, चौबिसे, महालक्ष्मी र स्थानीय तह नखुलेका १-१, इलामको चुलाचुलीमा ३ र सूर्योदयमा २, उदयपुरको चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको लालीगुराँस र मेन्छेयायममा १-१, पाँचथरमा २, ताप्लेजुङको सिदिङ्वा र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभामा २, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका ९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६८ हजार ७९७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५३४ रहेको छ। प्रदेश १ मा आज १ हजार १०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२२ महिला र १८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।