धरान : लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ६ बजे विराटनगर-१६ दक्षिण गेटबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ वर्षीय राज कुमार मगर रहेका छन्। उनले बोकेको झोलामा खाने तेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।