धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको उल्लङ्घन गर्दै आज बिहान धरानका तरकारी बजारहरु खुल्ला भएका छन् । 

Sabji-Mandi-5
प्रशासनले तरकारी बजार, गुद्री बजार खुल्ला नगर्ने भने पनि यसपटक सबै प्रकारको पसलहरू खुल्ला गर्ने भनिएकोले तरकारी व्यावसायीले धरानका तरकारी बजारहरु खुलेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । 

Sabji-Mandi-1 सबै प्रकारका पसलहरू बिहान ५ बजे देखि १२ बजे सम्म खुल्ला गर्ने भनिएकोमा जिल्ला प्रशासन कार्यालयको सूचनाले गर्दा सब्जीमन्डीका व्यापारीहरुले आज खुल्ला गरेछन् । बन्द त गरिएन तर भिड नियन्त्रण गरिएको नगरप्रहरी प्रमुख कोइरालाले बताए । 

Sabji-Mandi-2
तरकारी बजारहरु खुल्ला भएको बारेमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले समेत अनभिज्ञता प्रकट गरे । उनले भने 'तरकारी बजारहरु खुल्ला गर्न पाइँदैन, भोलि देखि खुल्दैनन् ।'

Sabji-Mandi-6
यस्तै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि तरकारी बजारहरु खुल्ला भएको बारेमा अनभिज्ञता प्रकट गरे । उनले जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा सम्बन्धी सूचनामा जे उल्लेख छ असार १४ सम्म त्यो कुराको कार्यान्वयन हुने बताए । 

Sabji-Mandi-7
धरानको दुवै तरकारी बजारहरु भानु तरकारी बजार र पालिका तरकारी बजार खुले पछि सर्वसाधारणको निकै भिडभाड थियो । अहिले पनि कोरोना महामारी नियन्त्रणमा पुर्णरुपले आई नसकेकोले तरकारी बजारहरु अहिले नै खोल्न नपाइने बताइएको छ ।  

Sabji-Mandi-3