धरान : धरान प्रहरीले गए राति प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरेको छ ।

धरान-११ सयपत्री चौकबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गए राती ९ बजे प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–११ का २३ वर्षीय मुकेश कार्की रहेका छन् । उनलाई प्रतिबन्धित औषधी ifwL Opotab–2000 Tablet, Spasmo–1230 Tablet र Spasmo (फोक्सिबोन)- २५० क्याप्सुल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका कार्कीको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बेच्न नपाइने औषधी बिक्री गर्दै गरेको अवस्थामा पक्राउ परेका उनलाई अहिले थप कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।