विराटनगर : प्रदेश १ मा आज ४२७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा १६१, मोरङमा १२४, झापामा १०९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ७४, धरानमा ५०, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जूमा २-२, दुहबी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ७२, बेलबारीमा १३, केराबारीमा ११, पथरीशनिश्चरेमा ७, उर्लाबारीमा ५, सुन्दरहरैचा र लेटाङमा ४-४, रंगेली र कटहरीमा २-२, ग्रामथान, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ५९ बिर्तामोडमा २२, भद्रपुरमा १०, मेचीनगरमा ७, शिवसताक्षी, अर्जुनधारा र स्थानीय तह नखुलेका २-२, बाह्रदशी, हल्दिबारी, बुद्धशान्ति, कनकाई र गौरादहमा १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको कटारीमा ८, बेलका र त्रियुगामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी र पाख्रिवासमा १-१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र माईजोगमाईमा १-१, ताप्लेजुङको फुङलिङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश १ मा आज ७१३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३४६ महिला र ३६७ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५७ हजार ८५८ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ हजार २२४ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २३६ रहेको छ ।

प्रदेश १ मा आज १ हजार ३४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०९ महिला र २१८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।