धरान : नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४२ औँ स्थापना दिवसको अवसरमा सङ्गठनले धरानको भानुचोकमा रक्तदान कार्यक्रमको गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरान नगर कमिटीको आयोजनामा धरान स्थित भानुचौकको लोकतान्त्रिक चौतारीमा सम्पन्न रक्तदान कार्यक्रममा ८१ पिन्ट रगत संकलन भएको सङ्गठनका नगर अध्यक्ष कमल भट्टराईले जनकारी दिए ।

रक्तदान जीवन दान नारालाई आत्मासाथ गर्दै हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको भट्टराईले बताए ।कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य तथा एमाले नेता लक्ष्मी बानियाको प्रमुख आतिथ्य तथा विद्यार्थी नेता तथा युवा नेताहरूको पनि उपस्थित रहेको थियो ।

पछिल्लो समय रगत अभाव भएकोले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रमलाई आउने दिनमा पनि निरन्तरता दिने सङ्गठनको भनाई छ ।