मोरङ : मोरङको विराटनगर-१५ भट्टाचोकमा निर्माणाधीन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर-१७ रानी बस्तीमा डेरा गरी बस्ने २५ वर्षीय तावारुल आलम रहेका छन् ।

आज दिउसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काट्ने मेसिनबाट करेन्ट लागी गम्भीर घाइते भएका आलमको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे १ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।