धरान : मोरङको रंगेली नगरपालिका-६ मलङ्गथानमा रहेको पिठारीको रुख मुनि शीतल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चट्याङ्ग पर्दा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

आज दिउसो साढे १ बजे परेको चट्याङबाट गम्भीर घाइते भएका सोही स्थानका २० वर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ बर्सिया सङ्गीता राय, र २७ वर्षीय रबिन मण्डल घाइते भएका छन् । घाइतेहरूको रङेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।