विराटनगर : प्रदेश १ मा आज ६१९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५८ हजार ४७७ पुगेको छ ।

प्रदेश १ मा आज ३८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्बु, सङ्खुवासभा र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११, बेलबारी र लेटाङमा ५–५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३–३, धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी, ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहबीमा ७, रामधुनी र स्थानीय तह नखुलेका ५–५, बर्जूमा ३, इनरुवामा २, झापाको बिर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८, शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा ३–३, नखुलेका २ र बाह्रदशीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा , उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, सोलुखुम्बुको थुलुङ दुधकोशीमा २, सङ्खुवासभाको सभापोखरी र धर्मदेवीमा १–१, भोजपुरमा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ हजार ६०७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ९८३ रहेको छ । प्रदेश १ मा आज १ हजार २८० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०१ महिला र १८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।