विराटनगर : प्रदेश १ मा आज ३५७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, सङ्खुवासभामा ७, तेह्रथुममा ४, इलाम र भोजपुरमा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ३७, मेचीनगरमा १५, दमकमा १३, भद्रपुरमा १०, कनकाईमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, बाह्रदशीमा ३, गौरादह र शिवसताक्षीमा २–२ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ३६, बेलबारीमा २२, लेटाङमा १०, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ५, उर्लाबारीमा ४, रतुवामाई, कटहरी, बुढीगंगा र कानेपोखरीमा २–२, सुनबर्षी, केराबारी, मिक्लाजुङ र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ४८, धरानमा २३, इनरुवामा २, बराहक्षेत्र, बर्जू, भोक्राहानरसिंह, गढी, दुहबी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका १० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा २७,कुम्मायकमा २ र याङवरकमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ४, लालीगुराँस, छथर र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको सभापोखरीमा ६ र खाँदबारीमा १, तेह्रथुमको म्याङ्लुङमा ४, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङ, खोटाङको केपिलसगढी र उदयपुरको उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ९५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५९ हजार ४३० पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ हजार ९६४ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३७४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६२ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।