धरान : धरान–१ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–९ की ३० बर्षीय आस्मा खातुन र धरान–२ का ३५ वर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् ।

बिहीबार बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट स्पामो प्रोक्सीभान प्लस १८ पत्ता –१४४ क्याप्सुल र खातुनको कोठामा लुकाई राखेको स्पामो प्रोक्सीभान प्लस ३०६ पत्ता २४४८ क्याप्सुल फेला पारेको थियो ।

दुबैलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरी दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।